.


पृष्ठभुमी:

गैर सरकारी संस्था महासंघ नेपाल समाजिक न्याय मानव अधिकारको संरक्षण र सम्बर्द्धन समाजिक विकास गैरसरकारी समजिक संघसंस्थाहरुको हक हित अधिकार र क्षमता अधिवृद्धिको ध्येय बोकी २०४८ सालमा स्थापित नेपालभरका गैरसरकारी सामाजिक संघसंस्थाहरुको एकमात्र छाता संगठन हो । 
७५ जिल्ला र पाचै विकास क्षेत्रमा शाखा र क्षेत्रीय समिति रहेको माहासंघले आफनो स्थापनाकाल देखि नै स्थानीय राष्ट्रिय अन्तरराष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरु बीच सम्पर्क सम्बन्ध विकास सहकार्य गर्दै एक दरिलो सम्पर्क सुत्रको रुपमा भुमिका खेल्दै आएको छ । महासंघ ले जनवकालत Networking गर्नुका साथै गैससहरुको पेशागत हकहित अधिकार स्थापित एजम् क्षमता अभिबृद्धि गर्न बिभिन्न कार्यक्रमहरु संचालन गदै आएको छ ।
वर्तमान अवस्थामा गैसस महासंघ सुदृढ र एकतावद्ध सामाजिक आन्दोलनमा सरिक रहेको छ र यो नै नंया नेपाल को लागि साझा अभियान हो भन्ने विश्वास राखेर मूलत: निम्न चारसुत्रिय रणनितिक योजना २००६-०९ मा केन्द्रित रहेर अगाडी बढिरहेको छ ।
  • गैसस सुशासन सुधार र क्षमता अभिवृद्धि कार्यक्रम
  • महिला सशक्तिकरण तथा समाबेशीकण 
  • युवा सशक्तिकरण
  • बृहत नागरिक समाज साजाल निर्माण ।

यस्तै रणनीतिक कार्ययोजना अन्तर्गत निम्न विषयगत क्षेत्रहरु तय गरिएको छ । 
  • संस्थागत सवलिकरण
  • राजनैतिक संक्रमण र सोवाद उत्पन्न सावलहरु
  • महिला तथा बालबालिकाका सवालहरु
  • युवा जनजाती दलित मुद्दाहरु
  • राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रका नीतिगत क्षेत्रमा प्रभाव
  • सिमान्तकृत एवं भौगौलिक रुपमै पाखा पारिएका समुदायका सवालहरु

परिभाषा
श्रोतकेन्द गैससहरुको सुचना तथा कार्य साजालको त्ये केन्द्र हो । जसले सम्बन्धित सुचना हरु संकलन, विषलेशन, उतपादन, छनौट गरि छापा एवम् विधुतीय माध्यमबाट सम्प्रेसन गर्न सकिने सुचना वैकको निमार्ण गर्छ । महासंघको सन्दर्भमा स्रोत केन्द्रले पुस्तकालय व्यवस्थापन अनुसन्धान तथा प्रकाशन तथ्याङ्कको विश्लेषण तथा व्यवस्थापन र तालिम संयोजन व्यवस्थापन र साचालन गर्दछ ।
यसै क्रममा महासंघले गैससहरु एवम् जिल्ला शाखाहरुको स्रोतको आधार खडा गरि क्षेत्रीय रुपमा गैससहरुको स्वतन्त्र एवम् प्रभावकारी प्रयासबाट गैससको क्षमता अभिवृद्धी गर्ने प्रमुख उद्देश्यले पाचै विकास क्षेत्रमा क्षेत्रीय समिती अन्तर्गत साचालन हुने गरी क्षेत्रीय स्रोतकेन्द्रहरु स्थापना गरेको तीन वर्ष भएको छ । मध्यमाञ्चल विकास क्षेत्रको यस स्रोत केन्द्र मार्च २००४ देखी स्रोत केन्द्र गैसस माहसंघको एक संगठनीक एकाइ र यस क्षेत्रका गैससहरुको सुचना केन्द्र बा सुचना वैक हो ।

लक्ष्य
सामजिक विकास अभियान र अन्य विविध क्षेत्रसंग सम्बन्धित सुचना तथा तथ्याङ्कहरु विभिन्न माध्यमद्धारा संकलन उपयोगी मानव संसाधनको विकास महासंघको हरेक निकाय एवम् गैससहरुको क्षमता अभिवृद्धि गर्नेछ ।

उद्देश्य
  • क्षेत्रीयस्तरमा गैससहरुका साथै सरकारी निजी क्षेत्र नागरिक समाज र दातृसंस्थाहरुबीच सम्पर्क सम्बनध विकास समन्वय आपसी नेटवर्क एवम् सहकार्य गरी दरिलो सम्पर्क सुत्रको विकास गर्ने ।
  • गैससहरुको संस्थागत विकास तथा क्षमता अधिवृद्धिका लागी तालिम गोष्ठी वैटक कार्यशाला साचालन गर्ने ।
  • गैसस एवम् सवै जिल्ला शाखाहरुको वस्तुस्थिती गतिविधि सुचना तथ्याङ्क नियमित अध्यावधिक गरी अभिलेख राख्ने ।
  • अध्ययन अनुसन्धान र प्रकाशन गर्ने ।
  • मानवीय स्रोतको विकास एवम् सहजीकरण गर्ने ।
  • ज्ञान सीप अनुभव आदानप्रदान गर्ने ।

स्रोतकेन्द्रका उपयोगकर्ताहरु
  • सरकारी, गैरसरकारी तथा निजी संघ संस्थाहरु । 
  • विकाससंग सम्बन्धित कार्यकर्ताहरु ।
  • पेशाविद्, अनुसन्धानकर्ताहरु ।
  • रोजगारीको खोजीमा रहेकाहरु ।
  • विधार्थीहरु, शैक्षिक प्रतिष्ठानहरु ।
  • राजनीतिमा संलगन रहेकाहरु ।

हालसम्म सम्पन्न क्रियाकलापहरु
  • पुस्तकालयः विशेषगरी सामाजिक संघसंस्थालाई उपयोगी विभिन्न पुस्तकहरु, प्रतिवेदनहरु, तालिम निर्देशनहरु एवम् ऐन नियम संग्रहरु, कार्यपत्र, सन्दर्भ सामग्रीहरु गैसस एवम् महासंघका प्रकाशनहरु, दैनिक पत्रपत्रिकाहरु भएको पुस्तकालय साचालन भइरहेको छ ।
  • यस क्षेत्रका जिल्ला शाखाहरु एवम् गैससहरु, सरकारी निकाय, निजी क्षेत्र, नागरिक समाज र दातृनिकायहरुसंग सम्पर्क समन्वय भई सक्बन्ध विस्तार भइरहेछ । ज्ञान, सीप, अनुभव आदान प्रदान गर्ने (Knowledge Sharing Partner) को सञ्जाल निमार्ण गरिएको छ । समन्वय गरी कार्यक्रमहरु आयोजना भएका छन् ।
  • क्षेत्रीयस्तरको महासंघको सदयस्य संस्था, अन्य गैसस एवम् जिल्ला शाखाहरुको प्रतिनिधिको सहभागीतामा सहभागीतामुलक गैसस क्षमता विश्लेषण कार्यशाला, गैसस रणनीतिक योजना तर्जमा तालिम, लेखा व्यवस्थापन तालिम, तर्कवद्ध योजना पद्धितमा आधारित प्रस्तावना लेखन तालिम, प्रतिवेदन लेखन तालिम, गैसस संस्थागत सुशासन तथा अधिकार पद्धति कार्यशाला, लोकतन्त्र, संविधानसभा तथा निर्वाचन प्रकि्रया विषयक कार्यशाला तालिम, गैसस सुशासन नीति मस्यौदा तयारी गोष्ठी, कार्य साजाल वैठक, करका प्रावधानहरु सम्बन्धी अभिमुखीकरण स्रोतकेन्द्रको व्यवस्थापनमा सम्पन्न भएको छ ।
  • मध्यमाञ्चलका १९ वटै जिल्लाहरुको वस्तुस्थिति सहित जिल्ला गैसस प्रोफाइल प्रकाशित एवम् गैसस महासंघ र अन्य क्षेत्रसंग सम्बन्धित गतिविधि सूचना तथ्याङ्क जानकारीहरु संकलन गरी अभिलेख राख्ने कार्य शुरु ।
  • स्रोतकेन्द्रको चिनारी पस्तिका र वार्षिक प्रतिवेदन प्रकाशित गरिरहेको छ । सार्वजनिक चासोको घटना गैसससंग सम्बन्धित सूचना एवम् जानकारीहरु सूचना पार्टी मार्फत सम्प्रेषण गर्ने गरिएको छ । क्षेत्रीयस्तरको स्रोतव्यक्तिहरुको विवरण पुस्तिकामा प्रकाशनका लागी विवरण संकलन हुदैछ ।
  • प्रस्तवना/प्रतिवेदन/ब्रोसियर लेखनका लागी परामर्श सेवा उपलब्ध गराउदै आइरहेको छ ।
  • विविध विषयगत क्षेत्रसंग सम्बन्धित लेख, रचना, समाचार, सफलताको कथाCase Studyपत्रिकाहरुबाट संकलन गरी अधिलेख राख्न शुरु गरिएको छ ।
  • स्रोतकेन्द्रको दिगोपना र आत्मनिर्भताका लागी आवासीय तालिम केन्द्र, सचिवालय सेवा साचालन भइरहेको छ स्रोतकेन्द्रको लागी जग्गा व्यवस्था गरि भवन निर्माण गर्नका लागी स्रोत विकास कोष र बास्केट फण्ड खडा गरिएको छ ।

स्रोतकेन्द्रका सेवा सुविधाहरु
  • आवासीय तालिम केन्द्र हल चमेना गृह बसोवास तालिम उपकरण 
  • सचिवालय सेवा (फोन, फ्याक्स, इमेल / इन्टरनेट, फोटोकपी बाइण्डिग, स्क्यानिङ्ग, कम्प्युटर टाइप तथा प्रिन्ट)
  • पुस्तकालय सदस्यता लिई पुस्तक लैजाने एवम् त्यही पढने सुबिधा
  • सुचना, तथ्याङ्क एवम् समाचारहरु । 
  • तालिम, आयोजना, सहजीकरण एवम् परामर्श सेवा । 
  • परियोजना प्रस्तवना प्रतिवेदन चिनारी पुस्तिका लेखन एवम् अनुवाद सेवा ।

निष्कर्ष
क्षेत्रीय स्रोतकेन्द्र हामी सबैको साझा सम्पति हो । सुचनाको युगमा स्रोतकेन्द्रको विकास विस्तार एवम् दिगोपनाले सवै क्षेत्रलाई फाइदा पुर्याउदछ । स्रोतकेन्द्रको स्वनिर्भरता र दिगोपनाका लागी सवैमा स्रातकेन्द्र प्रति अपनत्वको भावना विकास एवम् सवै क्षेत्रवाद सरसहयोग हुने वातावरण सृजना गर्न सकेमा स्रोतकेन्द्रको संस्थागत विकास भइ पुर्वाधार सम्पन्न हुनेछ । स्रोतकेन्द्रलाई निरन्तरता दिन सकिने छ । 

previous